शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्दै रुस

रिपोर्ट नेपाल | 2018 Aug 29 | 12:43 pm 1801

मस्को, भदौ १३: रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन्।

सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ ।

यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय बिषयमा अझ विशाल अभ्यास हुनेछ,सर्गेई सोइगुले बताए।

उनले भने, “कल्पना गर्नूस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ ।”

रुसले गत बर्ष झापड-२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भउको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.