दोलखा, फागुन ९: कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावतीमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बालक पुजन थामी रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक बालकको शव घटना स्थलमै राखिएको छ भने ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
बा ४ ख ५८०९ नम्बरको बस सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बसले शुक्रबार बिहान बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
समूहमा मिलेर शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइ रहेका थामीलाई बसले ठक्कर दिएको थियो ।
स्थानीयका अनुसार शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालवालिकाको समूहलाई बसले डोरी सहित लतार्दा बालक पुजन थामीलाई किचेर मृत्यु भएको बताएका छन् ।