शिक्षालाई श्रम, प्रविधि र सीपसंग जोड्नु पर्छः मन्त्री पोखरेल

रिपोर्ट नेपाल | 2019 Sep 22 | 07:36 pm 2556

  • महेश सिंह

सिराहा, असोज ५: बरियारपट्टीस्थित जनता माविमा प्राविधिक धार अन्तर्गत कृषि बाली बिज्ञान संकायको समुदघाटन गर्दै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सके मात्र समाज समृद्ध हुने बताए ।

शिक्षालाई श्रम, प्रविधि र सीपसंग जोड्नु पर्छ । सीपलाई उत्पादनमा बदल्नुपर्छ । अनी मात्र समृद्ध समाजको निर्माण हुन्छ उनले जनाए । सिरहाको समृद्ध समाजका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

मन्त्री पोखरेलले विद्यालय जागिर खाने थलो नभएर विद्यालय राष्ट्र निर्माण गर्ने थलो भएको बताए । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पठाउनु पर्ने धारणा समेत राखेका छन् ।

शिक्षालाई गुणस्तर र प्राविधिक शिक्षामा जोड दिन सबैलाई उनले आग्रह समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.