काठमाडौं, साउन १३ : गुणस्तरिय शिक्षा र सुन्दर समाज निर्माणका लागि शिक्षामा बिदेशी लगानी अभिशाप हुने शिक्षासँग चासो व्यक्त गर्ने पाँच संस्थाले आइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बताएका छन् ।
नेपालको शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानीको प्रवेश र यसबाट पर्न जाने दुरगामी असरका सम्बन्धमा इक्यान, फेकन, आइरिन, नायर र जाल्सानको संयुक्त आयोजनामा आज आइतबार पत्रकार सम्मेलन गरी उक्त कुरा सार्वजनिक गरिएको हो ।
राजधानीमा आयोजितपत्रकार सम्मेलनमा विष्णुहरि पाण्डे, अध्यक्ष(इक्यान), युवराज कटवाल, अध्यक्ष (फेकन), कुमार कार्की, अध्यक्ष(आइरिन), विज्ञान श्रेष्ठ,महासचिव(नायर) र झमकलाल श्रेष्ठ, प्रथम उपाध्यक्ष(जाल्सान)द्वारा हस्ताक्षरित बक्तव्यमा जनाइए अनुसार नेपालमा सस्तो लोकप्रियताका लागि विदेशि लगानी भित्राउनु भनेको नेपालको शैक्षिक धरातललाई ध्वस्त पार्नु हो ।
पत्रकार द्वारा राखिएको जिज्ञासामा फेकनका अध्यक्ष युवराज कटवालले मुलुक अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रीरहेको बताउदै तीस बर्षे पञ्चायती शासनको झल्को आएको बताएका थिए ।