शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले दिए राजीनामा

रिपोर्ट नेपाल | 2018 Jul 20 | 07:03 pm 3512

काठमाडौं, साउन ४ : त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दीपक महराले पदबाट राजीनामा दिएका छन् । डा. महराले शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन कार्यालयमा राजीनामा बुझाएका हुन् ।

कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले पारिवारिक कारणले राजीनामा दिनुपरेको बताएका छन् । महराले आफ्नो राजीनामालाई लिएर जारी आन्दोलनसँग नजोड्न पनि आग्रह गरेका छन् ।

उनले आफ्नो कार्यकालमा अस्पतालको व्यापक विकास र आर्थिक समृद्धि भएको दाबी समेत गरे। डा. महराको ४ वर्षे कार्यकाल करिब ५ साताअघि नै सकिए पनि त्रिवि कार्यकारी परिषद्ले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै ३ महिना कार्यकाल थपेको थियो। उनी सन् २०१४ मा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.