कञ्चनपुर, असार २५: एक निजी स्कुलका शिक्षकको कुटाईबाट कञ्चनपुरमा घाईते विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालय ९ कक्षामा अधध्ययनरत छात्र माधव कलौनी रहेका छन् ।
साथीभाइसँग झै–झगडा गरेको भन्ने विषयकाे आधारमा विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको उनको परिवारले बताएका थिए ।
कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए । प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेर घाइते बनाएको उनले बताए ।
कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको थियो भने दायाँखुट्टा भाँचिएको बुवा बृहस्पतिले बताए । उनलाइ उपचारका लागि भारत लगिएकाे थियाे उपचारकै क्रममा मृत्यु भएकाे परिवारले जानकारी दिए । शव बुधबार भारतबाट नेपाल ल्याइन लागेको परिवाले जनाएको छ ।