शिक्षकको कुटाइबाट विद्यार्थीको खुट्टा भाँचियाे

रिपोर्ट नेपाल | 2019 Aug 25 | 07:03 am 1495

झापा, भदाै ८: शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ ।

झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो ।

अर्जुनधारा नगरपालिका –८ का किसन गट्टानीका छोरा पंकजलाई शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको पीडितले बताए । आजको नेपाल समाचारपत्रमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.