शिकार खेल्न जाँदा एक राउटे किशाेरकाे लडेर मृत्यु

| 2020 Nov 25 | 04:21 pm 3367

दैलेख, मंसिर १०ः मंगलबार बाँदरको शिकार खेल्न जाँदा राउटे समुदायका एक किशाेरकाे लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा १६ बर्षीय टेकबहादुर शाही रहेका छन् ।  अन्य राउटे समुदायसँग बाँदरको शिकार खेल्न जाँदा सुर्खेतको चिङ्गाड गाउँपालिका–५भिरबाट लडेर उनकाे मृत्यु भएको हो ।

उनीहरू खाना खाएर नजिकैको जंगलमा मंगलबार दिउँसो बाँदरको शिकार गर्न गएका थिए । शिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर मृत्यु भएको सोसेक दैलेखमार्फत् सञ्चालित राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए ।

उनले भने, टेकराज भर्खर पढ्न थालेका थिए । पढन र लेख्न सिक्दै गरेका मृतक नाम लेख्न जान्ने भएका थिए । तर १६ बर्षीय किशोरको पढने रहर पुरा हुन सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.