शिकार खेल्न गएका दुई जना हतियारसहित पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 08 | 02:18 pm 1121

बाँके, कात्तिक २२: अवैधरुपमा शिकार खेल्न गएका दुई जना पक्राउ परेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा हतियारसहित शिकार खेल्न गएका दुई जनालाई नेपाली सेना र निकुञ्जका कर्मचारीको गस्ती टोलीले पक्राउ गरेको हो ।

कोहलपुर नगरपालिका- १३ स्थित भरैया ईलाका भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.