शाहरुख खानको अनुहारमा कालोमोसो दल्ने सेनाको धम्‍की

रिपोर्ट नेपाल | 2018 Nov 26 | 11:32 am 2066

मुम्बर्इ- भारतको ओडिसा राज्यको स्थानीय संगठन कलिङ्ग सेनाले बलिउड अभिनेता शाहरुख खानको विरोध गरिरहेको छ ।

कलिङ्ग सेनाले हाल गरिरहेको विरोधको कारण भने १७ वर्ष पुरानो फिल्म ‘अशोका’ हो । यस फिल्ममा शाहरुख खानको मुख्य भूमिका रहेको थियो ।

यही नोभेम्बर २७ मा ओडिसाको कलिङ्गा स्टेडियममा पुरुष हकी वल्र्डकपको उद्घाटन भइरहेको छ । त्यस उद्घाटन समारोहमा शाहरुख खान पनि सहभागी भइरहेका छन् । तर शाहरुख खान उपस्थित हुने खबरपछि कलिङ्ग सेनाले खानको विरोध गरिरहेको हो ।

उक्त संगठनले शाहरुख खानको विरोध गरेपछि ओडिसाको प्रहरीले खानको सुरक्षा बढाउने निर्णय लिएको छ ।

१७ वर्षअघि शाहरुख खानले फिल्म ‘अशोका’ मार्फत ओडिसाको इतिहासलाई गलत ढंगले प्रस्तुत गरेर त्यहाँका स्थानीयहरुको भावनामा ठेस पुर्‍याएको भन्दै कलिङ्ग सेनाले शाहरुख खान ओडिसा आएमा उनको अुहारमा कालोमोसो दल्ने र कालो झण्डा देखाएर विरोध गर्ने धम्की दिएको छ ।

खबरहरुका अनुसार ओडिसामा शाहरुखको विरोध भएपछि स्थानीय प्रहरीले शाहरुखको सुरक्षाको लागि पर्याप्त सुरक्षाको व्यवस्था गर्ने बताइरहेको छ ।

तर शाहरुख खानले अहिलेसम्म कार्यक्रममा उपस्थित हुने नहुने विषयका भने आधिकारिक बयान दिएका छैनन् । विरोधी संगठनको तर्फबाट शाहरुखले उनको फिल्म ‘अशोका’ मार्फत ओडिसाका बासिन्दाहरुको भावनामा ठेस पुर्‍याएकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.