काठमाडौं, फागुन १५ : शान्ती महिला समाज बुद्धनगरले आज बुधबार एक चेतनामुलक प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ । समाजमा रहेका विभिन्न प्रकारका विकृति तथा विसंगतिहरु चेतनामुलक कार्यक्रमको माधयमद्धारा न्यूनीकरण गर्ने मुख्य उद्धेश्यका साथ नयाँ बानेश्वरको बुद्धनगरमा स्थापित शान्ती महिला समाजले कार्यक्रम संचालन गरेको हो ।
शंखमुल स्थित रहेको नेरिक एकेडेमीमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य दिन्पेद्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा समाजकी अध्यक्ष कृष्णा खरेलको अध्यक्ष्यतामा सो चेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

उक्त विद्यालयको कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई साइवर अपराध सम्बन्धी चेतनामुलक प्रशिक्षण दिएको हो । प्रशिक्षणको क्रममा साइवर अपराध भनेको के हो ? नेपालमा के कस्ता किसिमका साइवर समस्याहरु रहेको छ ? यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न के कस्ता समाधानका उपायहरु अबलम्बन गर्नु पर्दछ ?
साइवर अपराधमा संलग्नलाई हुने कानूनी कारवाहीको प्रकृया र व्यवस्था समेतको बारेमा प्रशिक्षण दिइएको छ । प्रशिक्षण आमन्त्रित प्रहरी निरीक्षक भोजराज पाण्डेले दिएका थिए ।
साइवर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले राज्यले गर्नु पर्ने दायित्व शान्ती महिला समाजले लिंदै साइवर जस्तो गम्भीर अपराधको विषयमा चेतनामुलक कार्यक्रम गर्नु अत्यन्त सराहनीय कार्य रहेको बताए ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका वक्ताहरुले यस प्रकारको कार्यक्रमले अपराध रहित समाज निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताएका थिए ।
कार्यक्रमको समापन गर्दै समाजकी अध्यक्ष कृष्णा खरेलले समाजले निरनतर रुपमा अन्य विद्यालयहरुमा समेत यस प्रकारको सचेतना कार्यक्रमको आयोजना गरिने बताए ।
उक्त प्रशिक्षण कार्यक्रमको संचालन समाजकी सचिव माया ढकालले गरेका थिइन भने कार्यसमिति सदस्य देवी गौतमले स्वागत मन्तव्य राखेकी थिइन ।