शहिद लखनमा सामाजिक सुरक्षा कार्यक्रमको अनुगमन

रिपोर्ट नेपाल | 2020 Mar 19 | 07:54 am 1968

गोरखा, चैत ६: शहिद लखन गाउँपालिका अन्तर्गत रहेको सामाजिक सुरक्षा कार्यक्रम समितिले गाउँपालिकाको नौ वटै वडामा अनुगमन गरेको छ ।

चैत ४ र ५ गते गरिएको अनुगमनमा समितिका अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, सदस्य कृष्ण चेपाङ, पञ्जिकरण शाखाका कर्मचारी सोम आले, जुनुमाया घर्ती मगर, संचारकर्मी, सम्बन्धित वडाका अध्यक्ष वडा सचिव लगायतको सहभागिता रहेको थियो ।


अनुगमनको क्रममा सामाजिक सुरक्षा भत्ता वितरणका लागि कतिपय वडाहरुले पुरानो मिसिलमा अभिलेख राखेको र केही वडाहरुले नयाँ फर्मेट अनुसार अभिलेखिकरण गरेको अनुगनकी उपाध्ययक्ष इन्दिरा तिवारीले बताए ।

वडा नं १, २, ३, ६, ९ मा पुरानै विधि अनुसार रेकर्ड भेटिएको र वडा नंं ४, ५, ७ र ८ मा नयाँ प्रणाली अनुसार अभिलेख चुस्तदुरुस्त रहेको उनले बताए।

सामाजिक सुरक्षा भत्ता सम्बन्धमा वर्षेनी सार्वजनिक सुनुवाई गर्न सुझाव प्रदान गरिएको अर्का सदस्य कृष्ण बहादुर चेपाङले बताए ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आएको अनुसूचि ३ र ५ बमोजिम जेष्ठ सदस्य, दलित , एकल महिला, दलित बालबालिकहरुको रेकर्ड राख्न अनुगमनको क्रममा सुझाव प्रदान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.