काठमाडौं, भदाै १३: शनिबार देशभर थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन्।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।
आज काठमाडौंमा १ सय ५५ भक्तपुरमा १२ र ललितपुरमा १९ संक्रमित थपिएका छन्। २४ घण्टामा ३ सय १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या पनि २० हजार ५ सय ५५ पुगेको छ।