काठमाडौं, साउन ३१ः शनिबार देशभर ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रलयका प्रवक्ता जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्।
योसंगै नेपालमा संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।