काठमाडौं, असोज १७ः शनिबार नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । योसंंगै नेपालमा संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
आज काठमाडाैं उपत्यकामा मात्रै १ हजार १ सय ७७ जना संक्रमित थपिएका छन्। काठमाडाैं जिल्लामा १ हजार १ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा १ सय ९ जना संक्रमित थपिएका प्रवक्ता गाैतमले बताए।