शनिबार डुंगा दुर्घटना हुदा बेपत्ता भएको ६ जनाको शव फेला

| 2018 Sep 09 | 02:41 pm 3592

पोखरा, भदौ २४ : बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुदा बेपत्ता भएको ६ जनाको शव फेला परेको छ । बेपत्ता ६ जनाको शव भेटिएसैँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङ अनुसार बेपत्ता भएका ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको हो । ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको छ ।

घटनापछि उद्दार गरि उपचार गर्न पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चलकी क्षेत्रीय अस्पताल पोखरामा शनिबारै उपचारको क्रममा निधन भएको थियो ।

सपना खनाल र निशा पौडेलको उद्दार गरिएको छ । दिलकुमारी जलारी र उनका छोरा १७ वर्षीय कुमारले २ जनाको उद्दार गरी ज्यान बचाएका थिए । तर, सपनाले श्रीमान र छोरा गुमाएकी छन् भने निशाको छोराको पनि डुंगा दुर्घटनामा मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.