काठमाडौं, भदौ ५ः शुक्रबार देशभर थप ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको जानकारी दिए।
आज देशभर २ सय ५० संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
प्रवक्ता डा गौतमले अहिलेसम्म नेपालमा १८ हजार २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।