शंकरपुर नाकामा गोली चल्यो

| 2019 May 16 | 07:34 pm 1855

रुपन्देही, जेठ २: जिल्लाको शंकरपुर नाकामा बिहीबार गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल आएका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो। सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन्। प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई नै आक्रमण गरेका बताए । डीएसपी भण्डारीले भने, प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।

प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्। उनको नाम भने खुलेको छैन। पक्राउ परेका व्यक्तिसमेत भारतीय नागरिक रहेको बताएको प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन। पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.