व्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरु विजयी

रिपोर्ट नेपाल | 2021 Sep 23 | 07:33 am 2673

काठमाडाैं, असाेज ७ः रिभाईभ लिजर पार्क स्थापनाको उपलक्ष्यमा मिति २०७८/०६/०१ गतेदेखि मिति २०७८/०६/०५ गतेसम्म काठमाण्डौमा संचालन भएको प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय व्याडमिण्टन च्याम्पियनसिप २०७८ मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले स्वर्ण पदक-२, रजत पदक-१ र कास्य पदक-२ गरी कुल जम्मा ५ पदकहरु प्राप्त गर्न सफल भएका छन् ।

उक्त च्याम्पियनसिपको पुरुष एकलतर्फको विधामा नेपाली सेनाका रत्‍नजित तामाङले स्वर्ण र प्रफुल महर्जनले कास्य पदक हासिल गर्न सफल भएका थिए भने महिला एकलतर्फको विधामा रसिला महर्जनले स्वर्ण, अनुमाया राईले रजत तथा अमिता गिरीले कास्य पदक हासिल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.