व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 04 | 09:53 am 3371

काठमाडौँ, असार २०: महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ।

परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो।

परिसरका प्रवक्ता मोहनकुमार थापाले ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा रकम मागेर दुःख दिने र रकम नदिए झगडा गर्ने गरेको गोप्य सूचनाका आधारमा मगरलाई नियन्त्रणमा लिएको जानकारी दिए।

पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.