व्यक्तिगत लगानीमा ‘मनदिल’ भ्यू टावर निर्माण

रिपोर्ट नेपाल | 2018 Jul 29 | 11:35 am 3569

दाङ, साउन १३: घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गरेका छन्।

भ्यूटावरको नाम मनदिल राखिएको छ। यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ। ‘सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हौं,’ पुनले भने। बुद्ध जयन्तीका अवसरमा शुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिला मात्र सम्पन्न भएको उनले बताए।

भ्यू टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ। उक्त भ्यू टावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो । भ्यू टावरवाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने भएको छ ।

भ्यू टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताए। ‘भ्यू टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरुको अवलोकन गर्ने सकिनेछ”, अध्यक्ष रोकाले भने। भ्यू टावर निर्माणसँगै नमःछु गुम्बा पर्यटकीय रुपमा विकासमा थप टेवा पुग्ने गम्बा व्यवस्थापन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.