काठमाडौं, पुस २८ : वैदेशिक रोजगारीमा लैजाने भन्दै १८ लाख ठगी गर्ने स्वामीका रूपमा चिनिएका ‘शिवानन्द’ भनिने दिपक भण्डारी सोमबार पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनलाई काठमाडौंको गैरीधाराबाट पक्राउ गरेको हो ।
चेक रिपब्लिक पठाइदिने भन्दै तीनजानाबाट १८ लाख लिएर ठगी गरेको अभियोगमा पक्राउ गरिएको महाशाखाका एसपी मुकेशकुमार सिंहले बताए । थप अनुसन्धान भइरहेकाे सिंहले बताए ।