वैदेशिक रोजगारीबाट फर्केर कृषिमा सकृयः महतो

रिपोर्ट नेपाल | 2021 Nov 17 | 10:51 am 1873

  • महेश सिंह

सिरहा, मंसिर १ः लामो समय वैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा बसी स्वदेश फर्केर एक युवा गाउँमै कृषि खेतीमा सकृय भएका छन्।
सिरहाको गोल बजार नगरपालिका वडा नम्बर १३ दुर्गापुरका एक ३८ वर्षीय युवा उच्च शिक्षा अध्ययन गरे वैदेशिक रोजगारीको लागि कतार पुगेका थिए।

दुर्गापुर १३ बस्ने डोमी महतो र मायादेवी महतोककी जेठो छोरा देबेन्द्र महतोले घरको आर्थिक अबस्था कम्जोर भएकै कारण बाध्य भए गाउँमै ऋण सापट गरी वैदेशिक रोजगारीमा खाडी मुलुक कतार पुगेका थिए।

No description available.

करिब ७ बर्ष पछि वैदेशिक रोजगारीबाट घर फर्केका युवा देबेन्द्र महतोले बिदेशमा दुः ख गरेर कमाएको पैसाबाट गाउँमा करिब १५ कठ्ठा जग्गा खरिद गरेका छन् । महतोको भए भरको पैतरीक जग्गा जमिन गाउँको नजिकै रहेको गांगन खोल्लाले कटान गरी सकेको अबस्था छ। देबेन्द्र महतो घरको जेठो छोरा हो। महतोको घरमा ९ जनाको परिवारीक सदस्य रहेका छन्।

देबेन्द्र महतोले आफ्नै गाउँमा करिब पाँच बिगहामा जग्गामा तरकारी खेती गर्न लागेका छन्। बर्षमा पुँजी कट्टागरी करिब एक लाख आम्दानी गर्न सफल ब्यक्तिको रूपमा चिनिन थालेका छन्। मौसम अनुसारका विभिन्न जात जातिका तरकारी उत्पादन गर्ने गरेका छन्।

उत्पादन भएको तरकारी नजिकै रहेको गोलबजार, चोहर्वा, धनगढी,लहान, लगायतका बजारमा बिक्रीवितरण गर्ने गरेका छन्। महतो आफू बिदेशबाट फर्केर गाउँमा तरकारी खेती गर्न लाग्दा गाउँका बेरोजगार महिला पुरुषहरुलाई रोजगारी दिएका छन्।

महतो पुस्तौ पुस्तादेखि उक्त गाउँमा तरकारी खेती गर्दै आएका छन्। किसान युवा महतोका अनुसार अरु देशमा गएर दुः ख गरेर पैसा कमाउनु भन्दा आफ्नै देश संघर्ष गरेर पैसा कमाउदा राम्रो। तरकारी खेती गरेर देबेन्द्र महतोले राम्रो प्रगति गरेका छन्।

राज्यले किसानहरुलाई अनुदानको ब्यवस्था गरे पनि जेनुन किसानले राहत नपाएको अबस्था रहेको छ।

उनले तरकारी खेती गरेरै बाह्रै महिना उपभोक्ताहरुलाई तरकारी खुवाएर परोपकार र समाज सेवा गर्दै आएका छन्।

महतोले अनुदान कहिले पाउलानत राज्यको ध्यानाकर्षण होस तेस्तो किसानले राज्यको सेवा सुबिधाबाट बन्चितमा नपरोस् भन्ने स्थानीय किसानले स्थानीय सरकार र प्रदेश सरकार संग आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.