वैदेशिक रोजगारीको बहानामा भारतमा बेच्न लैजान लागेका १० महिलाको उद्धार

रिपोर्ट नेपाल | 2018 Jun 25 | 05:31 pm 3942

काठमाडौं, ११ असार : महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ।

प्रभागले शनिबार र आइतबार गरी नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट गरी सो संख्यामा महिलाको उद्धार गरेको हो।

प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए।

‘उद्धार गरिएकामध्ये ४ जना आफूखुसी म्यानपावरबाट जान लागेको, ४ जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी २ जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएका हौँ।,’ उनले भने। आफूखुसी जान लागेका ४ जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बाँकी ६ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ। उनीहरुलाई विदेश लैजाने व्यक्ति भने फरार रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.