काठमाडाैं, भदाै २६ । देशमा आर्थिकमन्दीका कारण विदेश पलायन हुनेहरुको भिड बढी रहेको छ । ठूला ठूला सपना बोकेर ऋण धन गरी काठमाडाैं आई जो कोही व्यक्तिलाई विश्वास गर्दा धेरै मानिसहरु ठगिदै आइरहेका छन् ।
यसरी ठगीने क्रम बढिरहेका बेला उत्तम राजवंशीलाई झापा बिर्तामोड घर भई हाल काठमाडाैं सिनामंगल बस्ने २५ वर्षिय सुधा चाैधरीले वैदेशिक रोजगारीमा अल्बानिया पठाइदिने भनी ठगी गरेकी छिन् । उनले अल्बानियामा प्याकिङमा काम लगाइदिने त्यहा जान जान ८ लाख लाग्ने र मासिक तलब ७२ हजार तलब हुने भनी विश्वास दिलाएकी थिइन् ।
उनले पीडित राजवंशीसँग २ लाख ७२ हजार लिएर सम्पर्क विहिन भई ठगि गरेकोले वैदेशिक विभागबाट उपत्यका अपराध अनुसन्धान कार्याललाई गरेको पत्राचारको आधारमा त्यहाबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट पक्राउ गरी कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रवक्ता/सुचना अधिकारी एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।