वैतनिक कानून व्यवसायी प्रहरी हिरासतमा

रिपोर्ट नेपाल | 2019 Jan 08 | 11:58 am 2067

सिन्धुपाल्चोक, पुस २४ : जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिको जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ ।

खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (प्रहरीले दिएको नाम) एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफैंले लेखेर आफैंले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ ।

हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.