वैंकिङ् कसूर मुद्दाका फरार पाण्डे पक्राउ

| 2022 Feb 22 | 03:39 pm 1329

काठमाडाैं, फागुन १०ः वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका ८ घर भई हाल हाल काठमाडौं तारकेश्वर न.पा. वडा नं. १० बस्ने ४३ वर्षीय राम प्रसाद पाण्डे रहेका छन् ।

कामनपा १० मनमैजुमा श्रृष्टी प्रफुल सप्लायर्स संचालन गरी बसेका पाण्डेले एन.आइ.सी. बैंक लिमिटेड, मनमैजु शाखामा निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट मिति २०७८ माघ २ मा प्रतिवादी पाण्डेलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा रू.२२ लाख रूपैँया जरिवाना र ५ दिन कैद हुने फैसला पश्चात् उनी फरार रहेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिवादीलाई मिति २०७८ फागुन ९ गते नेपालटार, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति २०७८ फागुन १० गते सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएकाे ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.