काठमाडाैं, मंसिर ८ः वैंकिङ् कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं महानगपालिका-१० स्थायी घर भई हाल ललितपुर सानागाँउ बस्ने ५१ वर्षीया दुर्गा शाही सापकोटा रहेकी छन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मिति २०७५।०७।०६ गते हिमालयन
बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७/०८/१६ मा शाही
सापकोटाको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र १३ लाख ६५ हजार रुपैंया जरिवाना फैसला पश्चात् फरार रहेकी थिइन् ।
यसै क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई सानागाँउ, ललिपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बुधबार सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।