वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

| 2022 Jul 01 | 06:16 pm 1761

काठमाडाैं, असार १७ः वैंकिङ् कसूर मुद्दाका फरार दुई प्रतिवादीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा महोत्तरी, लोहरपटी न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर, महालक्ष्मी न.पा. वडा नं. १, इमाडोल वस्ने २८ बर्षीय गौरभ शर्मा र धादिङ्, नेत्रवती डबजोङ् गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं, तारकेश्वर न.पा. वडा नं. १०, मनमैजू वस्ने ३१ बर्षीय प्रेम बहादुर गुरुङ्ग रहेका छन् ।

उनीहरूले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने वैंकिङ्
कसूर मुद्दाहरुमा प्रतिवादीहरुलाई सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएको थियाे ।

उक्त सजाय वेरुजू भई फरार रहेका निजहरुलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ४, वालुवाटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.