वृक्षारोपण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2019 Sep 13 | 09:20 am 5260

काठमाडौं, भदौ २७: संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौं महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ त्रिपुरेश्‍वरदेखि सुन्धारास्थित नागस्थान चोकसम्म माननीय वन तथा पर्यावरणमन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको हो ।

काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीको नेतृत्वमा सञ्‍चालन भएको उक्त वृक्षारोपण कार्यक्रममा कपुर, जाग्रयात र बोटल क्रस गरी करिव १ सय ५३ वटा विरुवाहरुको वृक्षारोपण गरिएको थियो ।

उक्त वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक, काठमाडौं महानगरपालिका वडा नं ११ का अध्यक्ष, अन्य विशिष्ट व्यक्तिहरु लगायत नेपाली सेनाका सकलदर्जाको समेत उपस्थिती रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.