वीर र ट्रमालाई एउटै बनाउन मन्त्री यादवको निर्देशन

| 2019 Jan 06 | 07:24 am 2297

काठमाडौं, पुस २२: उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वीर अस्पताल र ट्रमा सेन्टरलाई एउटै बनाउन निर्देशन दिएका छन् ।

सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) द्वारा वीर अस्पस्तालको निर्माणाधीन सर्जिकल र जाइका भवनको निरीक्षणक्रममा शनिबार मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।

वीर र ट्रमा सेन्टरलाई एउटै बनाएपछि जनशक्ति, क्षमता र सेवा–सुविधा तथा अस्पतालको अपग्रेड हुने उनले बताए ।

उनले बन्दै गरेको सर्जिकल भवन र ट्रमा सेन्टरबीच भूमिगत सडक बनाएर आउजाउ सजिलो बनाउन निर्देशन दिए । त्यसक्रममा १२८ स्लाइस सिटीस्क्यान र तीनवटा उच्च सुविधासम्पन्न एम्बुलेन्स सेवाको उदघाटन गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.