वीर अस्पतालको लिफ्ट चुडिँयो २ जनाको मृत्यु , १ घाइते

रिपोर्ट नेपाल | 2019 Feb 22 | 01:52 pm 1607

काठमाडौँ, फागुन १० :  वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ।

बिहिबार साँझ भवनको लिफ्ट चुडिँएर त्यस भवन निर्माणमा कार्यरत सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको छ भने सोभित कुमार चौधरी गम्भीर घाइते भएका छन्।

उक्त घटनामा घाइते भएका सोभित कुमार चौधरीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको डिएसपी टिकुनन्द लिम्बूले जानकारी दिए। वीर अस्पतालको निर्माणाधीन भवनमा समान लोड गरिएको लिफ्ट चुडिँदा उनीको मृत्यु भएको बताएका छन् ।

उक्त घटना के कारणले भयो भन्नेबारे अस्पताल प्रशाशन र प्रहरीबीच अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.