काठमाडाैं, भदाै १८ । वीर अस्पतालको नयाँ भवनबाट खसेर एक जनाको मृत्यु भएकाे छ । भवनको छैटौं तलाबाट खसेर एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको हाे ।
उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको बताइएको छ । अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान हुन नसकेको अस्पताल स्रोतले जनाएको छ ।