वीरेन्द्रनगरमा शंकास्पद वस्तु फेला

| 2022 Feb 25 | 08:38 am 3997

सुर्खेत, फागनु १३ः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ। प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको छ भने विष्फोट गराउने तार पनि राखिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख डिएसपी रामप्रसाद घर्तीले बम जस्तो वस्तु फेला परेको बताए। ‘वीरेन्द्रनगर–८ स्थित रत्न राजमार्गको छेउमा रहेको सार्वजनिक शौचालय नजिकै प्रेसर नो एमसीसी लेखिएको प्रेसर कुकर फेला परेको छ,’ उनले भने, ‘नेपाली सेनासँग समन्वय गरेर डिस्पोजको तयारी थालेका छौं।’ नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.