वीरेन्द्रनगरमा गोली चल्यो आठ आन्दोलकर्ता घाइते, प्रशासन कर्फ्यु लगाउने तयारीमा

रिपोर्ट नेपाल | 2020 Jan 28 | 05:57 pm 1795

सुर्खेत, माघ १४: मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा टिपरले किच्दा एक युवकका मृत्यु भएपछि चर्किएको आन्दोलन नियन्त्रणका प्रहरीले गोली चलाएको छ ।

टिपरले किच्दा कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले जानकारी दिए।

सुर्खेतमा गोली चल्यो, ८ घाइते, कर्फ्युु लगाउने तयारी (अपडेट)

स्थानीयले दिएको जानकारी अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

ठाउँठाउँमा तोडफोड हुन थालेपछि साढे ६ बजेबाट कर्फ्यू घोषणा गरेका छौं’, सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने, ‘पीडितपक्षले सहमति गरीसकेपछि पनि आन्दोलनकारीले तोडफोड गर्न थालेपछि थप घटना हुन नदिन कर्फ्यू लगाएका हौँ।’ पूर्वमा इत्रामखोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा सत्नराजमार्गको ५ सय मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू घोषणा गरिएको छ।

सुर्खेतको वीरेन्द्रनगर आसपासमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु लगाउने तयारीका लागि सुरक्षा बैठक बसिरहेको छ ।

अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यस प्रकृयाका लागि बैठक बसिरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.