वीरगञ्जका मेयरलाई पितृशाेक

रिपोर्ट नेपाल | 2020 Aug 31 | 10:46 am 2522

पर्सा, भदाै १५ः वीरगञ्ज महानगरपालिकाका मेयर वीजय कुमार सरावगीलाई पितृशाेक परेकाे छ । सरावगीका पिता चिरन्जिवीलाल सरावगीकाे गएराति ७७ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

साउन २२ गते काेराेना संक्रमण देखाएपछि वीरगञ्जबाट काठमाडाैंकाे ग्राण्डी अस्पतालमा ल्याएर भर्ना गरिएकाे थियाे । मुटु र मृगाैलामा समस्या देखाएपछि उनलाई अति सघन कक्षमा राखेर उपचार गरिएकाे थियाे ।

वीरगञ्जमा २००० सालमा जन्मीएका सरावगी समाजसेवीका रूपमा परिचित थिए । उनकाे निधन प्रति गहिराे दुःख व्यक्त गर्दै जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राजेशमान सिंहले एक विज्ञप्ति प्रकाशित गरेका छन् ।

सिंहद्वारा हस्ताक्षरीत विज्ञप्तिमा स्वर्गीय आत्माकाे चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवार प्रति समवेदना प्रकट गरिएकाे छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.