वीरगंजमा निलम्बीत सईको जगजगी

| 2020 Dec 30 | 04:15 pm 4345

पर्सा, पुस १५ः जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको विश्वासपात्र प्रतिको मोह उल्लेख गर्ने लायकको छ ।

गोर्खा दरबन्दी भएर एक प्रहरी अधिकृत मार्फत वीरगंजको घुमुवा बन्न आएका हवल्दार सुरेन्द्र साहको काज फिर्ता गर्ने प्रहरी महानिरीक्षक शैलेस थापाको निर्देशनलाई समेत बेवस्ता गर्दै झण्डै एक महिना आफैसँग राखेकी थिइन् ।

साहलाई पठाउन ठाडो निर्देशन सहतिको ताकेता गएपछि बल्ला हतार हतारमा रमाना बुझाएका हवल्दार साहलाई दुःखका साथ बिदा गर्नु परेको थियो ।

हवल्दार साहलाई जस्तै अर्का प्रहरी निरीक्षक रबीभुषण यादवलाई पनि एसएसपी पन्तले भुल्न सकेकी छैनन् ।

रिपोर्ट नेपाललाई एक प्रहरी सुत्रले दिएको समाचार अनुसार सरुवा भएर विराटनगर गणमा पुगेका यादवकै इसारामा मुद्धा चन्ले नचल्ने गरेको बुझिएको छ ।

यादव लामो समय वीरगंजमा मस्ती मारेर गएका इनेस्पेक्ट हुन् । त्यस्तै निलम्बनमा परेका प्रहरी नायब निरीक्षक बैधनाथ दासको चुरीफूरी पनि बहालमा रहेकै जस्तो छ ।

दास निलम्बीत भएपनि जिप्रकाकै सेरोफेरोमा घुमिरहन्छन् । उनले व्यापारी भेटाउने गरेको स्रोत बताउँछ ।

एसपी पन्तका घुमुवा कमाण्डर प्रहरी नायब निरीक्षक कमल परियार, इलाम दरबन्दी भएका प्रहरी सहायक निरीक्षक मोहन आलेलाई संचार दरबन्दीमा इनरुवा चौकी पठाए पनि उनको काम भने परियारलाई सघाउने हो ।

सूचना संकलनका लागि राखिने घुमुवाहरु वीरगंजमा भने सूचना भन्दा व्यापारीबाट मालपानी जम्मा गर्नेमा व्यस्त देखिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.