वीपी प्रतिष्ठान गेट बाहिर नेपाली सेनाको शव फेला

रिपोर्ट नेपाल | 2019 Feb 11 | 05:06 pm 1765

धरान, माघ २८ : नेपाली सेनामा कार्यरत एक युवाको शव धरान–१८ स्थित वीपी प्रतिष्ठान पश्चिम गेट बाहिर फेला परेको छ । धरान–१७ घर भएका २४ वर्षीया कुमार परियारको लास बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

हाल शव भएको स्थलमा प्रहरी पुगिसकेको छ । डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिरमा भनेर उनी घरबाट हिँडेका थिए । उनी धनकुटास्थित नेपाली सेनामा रहेको बताइएको छ । नेपाली सेनालाई पनि खबर गरिएकाले उनका बारेमा थप केही बेरमा खुल्ने प्रहरीले जनाएको छ ।

घटना स्थल बीपी प्रतिष्ठानको आवास क्षेत्र पश्चिम र डिपोट स्कुल दक्षिणमा पर्छ । यहाँ ठुलो झाडी रहेको छ र खोल्सो पनि छ । उनको शव पनि त्यही खोल्सामा भेटिएको हो । घट्नाबारे प्रहरीले अनुसान्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.