विषालु च्याउ खाँदा बुहारीको मृत्यु सासू सिकिस्त

रिपोर्ट नेपाल | 2019 Jul 30 | 03:33 pm 1668

विराटनगर, साउन १४ : जंगली विषालु च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.