विषालु च्याउ खाँदा एकै घरका पाँच सिहत एघार बिरामी

रिपोर्ट नेपाल | 2019 Jun 08 | 09:36 pm 1985

पाल्पा, जेठ २५:  जिल्लाकाे निस्दि गाउँपालिकाको सार्की डाँडामा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित ११ जना बिरामी परेका छन् ।

शुक्रबार साँझ जंगलबाट ल्याएको च्याउ खाएपछि समय समयमा रिंगटा लाग्ने, बान्ता हुने भएपछि उनीहरुलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल कावासोती ल्याइएको छ ।

एकै घरका बिरामी पर्नेहरुमा धन कुमारी सिंह ठकुरी, निरुता सिंह ठकुरी, निशा सिंह ठकुरी, निर्मला सिंह ठकुरी र विष्णु सिंह ठकुरी रहेका छन् । अन्य बिरामी पर्नेहरुमा पुरन खाम्चा, चन्द्री खाम्चा, निर्मला खाम्चा रहेका छन् । त्यस्तै प्रेम बहादुर सिंह ठकुरी, बुहारी दान कुमारी सिंह र सुमन सिंह ठकुरी रहेका छन् ।

अवस्था चिन्ताजनक रहेका दुई बालिकालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको गरिएको छ भने अन्य विरामीलाई मध्यविन्दु अस्पतालमा शैयाको अभावले गर्दा बिरामीहरुको भुइँमा नै राखेर उपचार भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.