विश्‍वकप २०१८ बाट बाहिरीयो अर्जेन्टिना, ४-३ को जितले फ्रान्स क्‍वाटरफाइनल

| 2018 Jun 30 | 09:48 pm 3485

काठमाडौं, असार १६ : फ्रान्ससँग ४-३ गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकप २०१८ बाट बाहिरीएको छ।

पुर्वविजेता फ्रान्स  विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्सले साविक उपविजेता अर्जेन्टिनालाई ४-३ गोलले हरायो। फ्रान्सको जितमा केलिन एमबाप्पेले दुई तथा एन्टोइन ग्रिजम्यान र बेन्जामिन पाभार्डले एक एक गोल गरे। अर्जेन्टिनाका सर्जियो एगुएरो,एन्जेल डी मारिया र गाब्रियल मार्काडोले एक एक गोल गरे।

खेलमा सुरुवाती अग्रता लिएको फ्रान्स ५६ औं मिनेटसम्म २-१ गोलले पछाडि थियो। तर त्यसपछि १२ मिनेटको अन्तरमा तीन गोल थप्यो। पाभार्डले ५७ तथा एमबाप्पेले ६४ र ६८ औं मिनेटमा गोल गरे।

यसअघि  फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। अर्जेन्टिनाले ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए।

एन्जेल डि मारियाले पाभोनको  पासमा डीबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ४८ औं मिनेटमा गाब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलले अगाडि बढाएका थिए।  लियोनल मेसीले डिबक्सभित्रबाट गरेको प्रहार मर्काडोको खुट्टामा लागेर गोल भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.