विश्‍वकप इतिहासमा क्रोएसिया पहिलोपटक फाइनलमा, इंग्ल्याण्ड २-१ ले पराजित

| 2018 Jul 12 | 06:39 am 3106

काडमाडौं, असार २८: विश्‍वकप इतिहासमा क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको छ। बुधबार राती भएको खेलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै फाइनलमा पुग्‍न सफल भएको हो।

विश्वकप फुटबलको उपाधिका लागि अब क्रोएसिया फ्रान्ससँग भिड्ने भएको छ। । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल गरेका थिए ।

खेल सुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए । एक गोलको अग्रता बनाएको इङल्याण्डले डिफेन्सिभ खेल्दा क्रोएसियालाई पहिलो हाफमा बराबरी गर्न असफल भएको थियो ।

खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमले आक्रामक खेले पनि क्रोएसिया दोस्रो हाबी भएको थियो । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । इङल्याण्डका गोल किपर जोर्डन पिकफोर्ड क्रोएसियाको प्रहार बचाउ गरेका थिए ।

१०९औं मिनेटमा मारियो मान्जुकिजले नजिकैबाट इङल्याण्डको जाली चुमाएका थिए । उनको गोल नै निर्णायक भयो । फाइनल खेल आइतबार हुने छ । त्यसअघि शनिबार तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका बेल्जीयम र इङल्याण्ड तेस्रो स्थानका लागि खेल्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.