विश्व हिन्दू महासंघद्वारा भौतिक दूरी कायम गरी मठ–मन्दिर खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग

रिपोर्ट नेपाल | 2020 Jul 24 | 03:22 pm 1735

काठमाडौं, साउन ९ः विश्व हिन्दू महासंघले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार एक विज्ञप्ति मार्फत माग गरेका हुन् । अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेको जनाए ।

सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोका समेत बन्द गर्नाले महासंघलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए ।

मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकामा महासंघले आपत्ति जनाएको छ ।

सरकारले औपचारिकरूपमा खुला नगरे पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा हजारौं भक्तजनको भीड लागेको थियो ।

महासंघले राम जन्मभूमि नेपालमै पर्छ भनी प्रधानमन्त्रीले भानु जयन्तीमा सार्वजनिक गरेको वक्तव्यको तथ्य, प्रमाण सार्वजनिक गर्न पनि माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.