विश्व शान्ति दिवसको अवसरमा शान्ति गीत सार्वजनिक

| 2023 Sep 20 | 06:47 pm 2961

काठमाडाैं, असोज ३ । प्रसिद्ध गायिका साधना सरगमले गाएको  ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ ।

विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा एक समारोहका बीच गीतको सार्वजनिक गरिएको हो ।

एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

कार्यक्रममा संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए ।

अर्का वक्ता सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको यस किसिमको गीतको महत्त्व विश्वजनीन चेतनाको उपज भएको बताइन् ।

रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायाङ्कन, टेकेन्द्र शाहले दृश्य सम्पादन र हेमप्रभासले निर्देशन गरेका हुन् ।

विश्वभरका मानिसहरुबीच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए । भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.