विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

| 2023 Sep 29 | 06:48 pm 2393

काठमाडौं, असोज १२ ।  उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट अभिनेता अनमोल केसीलाई पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता केसीलाई पक्राउ गरिएको  एसपी रवीन्द्र रेग्मीले बताए ।

रावायण नामक फिल्मका निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट नियन्त्रणमा लिइएको लिइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालको उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघिनै पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।

यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि अटेर गरे पछि पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिएको एसएसपी राठाैरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.