विश्वभर २४ घण्टामा पाँच लाख तीन हजार काेराेना संक्रमित थप

रिपोर्ट नेपाल | 2020 Oct 27 | 08:38 am 2157

काठमाडाैं, कात्तिक ११ः विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाख ३ हजार ३४३ कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै विश्वमा कुल कोरोना संक्रमित चार करोड ३७ लाख ६२ हजार ४२७ पुगेको छ।

हिजो अमेरिकाका सबैभन्दा धेरै ६६ हजार ६१७ संक्रमित थपिएका छन्। यस्तै, भारतमा ३६ हजार ८३८, फ्रान्समा २६ हजारभन्दा बढी, ब्राजिल र रसियामा १७/१७ हजार कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, विश्वमा बितेको २४ घण्टामा ५ हजार ६६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये अमेरिकामा ५१०, भारतमा ५०५, २८८ ब्राजिल, रसिया २१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार ८८९ पुगेको छ ।

विश्वमा आजसम्म कोरोना संक्रमणबाट ३ करोड २१ लाख ५६ हजार ७२२ जना मुक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.