विश्वकै वलिष्ठ शरिर भएका रोली नेपाल आउँदै

रिपोर्ट नेपाल | 2019 Jan 30 | 08:58 am 2340

काठमाडौं, माघ १६ : भेनेजुएलाको छेउमै रहेको आन्ध्र महासागरको कुराकाओ द्वीपमा जन्मिएका रोली विङ्लारलाई अहिले विश्वकै बलिष्ठ शरीर भएका खेलाडी मानिन्छ।

तिनै बलिष्ठ ज्यान भएका विङ्लार आगामी फागुन ३–४ गते आयोजना हुने बडीबिल्डिङ प्रतियोगिताका लागि नेपाल आउँदै छन्।

नेदरल्यान्डको उपनिवेश कुराकाओमा रोली जब ४ वर्षका थिए, उनका पिताजीको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो।त्यसपछि उनकी आमा बसाइँ सरेर नेदरल्यान्ड पुगिन्।त्यसपछि रोली नेदरल्यान्डमै हुर्किए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.