विश्वकप विजेता अर्जेन्टिनाका सुपरस्टर फुटबलर ‘लियोनल मेस्सी’ २०२३ को ‘प्लेयर अफ द इयर’ घोषित

| 2023 Dec 07 | 01:44 pm 2089

काठमाडौं, मंसिर २१ /  अमेरिकाको चर्चित पत्रिका टाइमले वर्ष २०२३ का लागि ३६वर्षका विश्वकप विजेता अर्जेन्टिनाका सुपरस्टर लियोनल मेस्सीलाई यस वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो। मेस्सी वर्षभरिको प्रदर्शन, तथ्यांक तथा सफतलाका अधारमा गरिएको मूल्यांकनमा अमेरिकन क्लब इन्टर मियामीका कप्तान समेत रहेका मेस्सी २०२३ का लागि फुटबलबाट मात्रै नभएर समग्र खेलकुद विधाबाटै वर्ष खेलाडी घोषित भएका हुन् ।

‘टाइम’ले अफिसियल रूपमा मेस्सीलाई ‘एथ्लेटी अफ द इयर’ घोषणा गरेको छ स्मरण रहोस्, मेस्सी कीर्तिमानी रूपमा वर्ष खेलाडी घोषित भएका हुन्। यसकारण कि, ‘टाइम’का तर्फबाट पहिलोपटक फुटबल विधाबाट कोही खेलाडी वर्ष खेलाडी घोषित भयो र ती पहिलो खेलाडी मेस्सी बनेका छन्। यसअधि फुटबल विधाबाट कोही पनि खेलाडीलाई यस पत्रिकाले वर्ष खेलाडी घोषणा गरेको थिएन। मेस्सी २०२३ जनवरीमा इन्टर मियामीमा अनुबन्ध भएका थिए। मियामी पुगेपछि त्यहाँ लिगको प्रतिष्ठा र चर्चा बढाएका मेस्सीले आफ्नै नेतृत्वमा पहिलो उपाधि समेत जिताएका थिए। सुरुआतमै उच्च प्रदर्शन गरेका मेस्सीले मियामीलाई पहिलो उपाधि जिताएपछि यसको प्रभावमा मेस्सी सोही देशको एक पत्रिकाका तर्फबाट वर्ष खेलाडी घोषित भएका हुन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.