विश्वकप : ब्राजिल र कोस्टारिकाबीच खेल सुरु

| 2018 Jun 22 | 05:40 pm 3895

काठमाडौं, असार ८ : रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजको पहिलो खेल ब्राजिल र कोस्टारिकाबीच सुरु भएको छ ।

समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु भएको हो ।

उपाधि दावेदार मानिएको ब्राजिलले समुहको पहिलो खेलमा स्वीट्जरल्याण्डसग एक एक गोलको बराबरी गर्दै एक एक अंक बाँडेका कारण पनि कोस्टारिका विरुद्ध निकाल्नुपर्नेछ ।

ब्राजिलले कोस्टारिकालाई आजको खेलमा पराजित गर्न सके अन्तिम १६ मा पुग्ने सभावना बलियो बन्नेछ । त्यसैले पनि ब्राजिललाई आजको खेलमा जित निकै महत्वपूर्ण हुनेछ । ब्राजिल विरुद्ध खेल्ने कोस्टारीका समुहको पहिलो खेलमा नै सर्वियासग एक शुन्य गोलले हार ब्यहोरेको कारण काजको खेलमा जिनै पर्ने दवाद चर्को छ । हेड टु हेडका आधारमा यी दुई यस अघि १० पटक भेट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.