विश्वकप : बेल्जियम र टुनिसियाबीच खेल सुरु

रिपोर्ट नेपाल | 2018 Jun 23 | 05:47 pm 3711

काठमाडौं, ९ असार :  रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार (आज) ३ खेलहरू हुदै छ । आजको पहिलो खेल बेल्जियम र टुनिसियाबीच सुरु भएको छ । स्पार्टक स्टेडियममा नेपाली समय अनुसार बेल्जियम र टुनिसियाबीचको खेल ५ः ४५ बजे सुरु भएको हो ।

बेल्जियमले पहिलो खेलमा पानामा माथि तीन गोलको जित निकाल्दै ३ अंक बटुलिसकेको छ, भने उसका प्रतिष्पर्धी टुनिसियाले ईल्याण्डसग दुई एक गोलले पराजित हुदै अंकविहीन बनेको थियो ।

बेल्जियम र टुनिसियाको यस तीन पटक भेट भएको छ । सन् २००२ को विश्वकपको समुह चरणमा भेट हुँदा यी दुई टोलीको खेल एक एक गोलको बराबरीमा रोकिएको थियो । त्यस्तै १९९२ को सोलिडारीटि कपमा भेट टुनिसियाले हराएको थियो । यी दुईको भेट अन्तिम पटक २०१४ को वामअप म्याचमा हुँदा बेल्जियमले हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.